घान्द्रुक स्कारपियो दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

पाेखरा | पुस ४, २०८१

घान्द्रुक स्कारपियो दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो घाइतेको उद्धार गर्दै । फोटो अमृत गुरुङ

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका एक महिला र घाइते भएका ४ जनाको पहिचान खुलेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते र एक जनाको मृत्यु भएको हो । 


स्कारपियो दुर्घटना हुँदा मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे बस्ने ७० वर्षीय भिमकुमारी थकालीको घटनास्थलमै मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन् । 


पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ५ जना घाइते र एकजनाको मत्यु भएको थियो । 

 
घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । 


‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइतेहरुको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।’


कास्की प्रहरीका अनुसार स्कारपियो दुर्घटना हुँदा पोखरा महानगरपालिका–१६ दिप बस्ने २० वर्षीय रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय ज्योति खत्री थकाली घाइते भएका हुन् । 


सोही स्कारपियोमा सवार बागलुङको गलकोट नगरपालिका १ झाँक्रीस्थान बस्ने ७६वर्षीय खिमकुमारी खत्री, अन्दाजी ५० वर्षीय नविना खत्री घाइते भएकी छिन् । घाइते चारै जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 


यस्तै बागलुङको गलकोट नगरपालिका–१ झाक्रीस्थान बस्ने ४० वर्षीय अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ । 


सवारी चालक स्याङ्जाको भिरकोट नगरपालिका २ डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


स्कारपियो चालकले गाडी रोकेर बाटो हेर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट अन्दाजी ६सय मिटर तल खसेको छ । 


 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्